• +977-23-562401,023-562600 +91-9932056425, +91-8167797388
  • dibyajyoticarecenter@gmail.com

Free Eye and Ear screening Camp

  •   2017-11-25

नेपाल लाइफ इन्स्युरेन्स क. लिमिटेड को आयोजनामा दिब्य ज्योती आइ एण्ड ईयर केयर प्रा. लि. को प्राविधिक सहयोगमा बाहुनडांगी मेची नगर ३ संघर्ष चोक स्थित अक्सफ़ोर्ड बोर्डिंग स्कूलको प्रांगणमा एक दिन बृहत आँखा र कानको निःशुल्क स्वास्थ्य सेवा सम्पन्न भएको छ । शिवीरमा ३४१ ले निःशुल्क स्वास्थ्य सेवाहरु मध्ये कानका १०२ जानाले र आँखाका २३९ जनाले निःशुल्क सेवाहरु लिएका थिए । जस मध्ये आँखाका ४१ जानाको र कानको ९ शल्यक्रिया गर्नु पर्ने देखिएको छ । उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्युरेन्सका तर्फबाट एजेन्सी मेनेजर कुमार खड़का, गीता खड़का र बिनोद रिमालको उपस्थिति थियो । त्यसै गरी दिब्य ज्योतिका तर्फबाट बरिष्ठ नेत्र अधिकृत श्री सुरेश सापकोटा नेत्र अधिकृत आस्था चापागई बरिष्ठ ई.एन. टी. अधिकृत श्री इन्द्र बहादुर के. सि. र अन्य सहयोगीहरु मुना बिष्ट, प्रमिला कार्कीको उपस्थिति रहेको दिब्य ज्योतीका प्रशासक बिकाश घिमिरेले जानकारी गराउनु भयो